कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का विजयी — OSNepal

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का विजयी

LC (KTM) November 23, 2021 0

काठमाडौँ, ७ मङ्सिर-नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्काले १५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १४० मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा रजनी थापा (१६७), पञ्चकुमारी श्रेष्ठ (१७७), सहसचिवमा राजु भण्डारी (१६८) र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी हुनुभएको कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा ३२८ मतदाता रहेकोमा ३२१ मत खसेको थियो । क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर