कांग्रेसको महाधिबेशनमा गुट उपगुटको रमिता , प्युठानमा देउवा र पौडेल पक्षबीच झडप — OSNepal

कांग्रेसको महाधिबेशनमा गुट उपगुटको रमिता , प्युठानमा देउवा र पौडेल पक्षबीच झडप

LC (KTM) November 23, 2021 0

नेपाली कांग्रेसको महाधिवेशनले देशभर माहोल बनाएको छ । बिशेष गरेर कांग्रेस भित्रको गुट उपगुटलाई यो महाधिबेशनले थप छर्लङ्ग पारिदिएको छ । सभापति शेर बहादुर देउवा पक्ष, रामचन्द्र पौडेल पक्ष, शेखर कोईराला पक्ष, कृष्ण सिटौला पक्षका गुटहरुले आ आफ्नो ठाउँमा प्रभाव देखाईरहेको छ ।

यसैक्रममा प्युठानमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच झडप भएपछि प्रहरीले बाध्य भएर अश्रुग्याँसनै प्रहार गर्नु परेको छ । क्षेत्रीय प्रतिनिधि छनोटको मतगणनास्थलमा दुई समूहबीच झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्यूठान नगरपालिकास्थित बिजुवारमा आज बेलुका दुई समूह देउवा र पौडेल बीच विवाद बढ्दै जाँदा झडपको स्थिती सिर्जना भएको थियो ।

स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्युठान प्रहरीले जनाएको छ । मतगणना भईरहेको स्थलमा दुई पक्षबीच झडप भएको थियो । प्यूठानमा सभापति पदमा शिव रिजाल र विष्णु गिरी चुनावी प्रतिस्पर्धामा रहेका छन् । एक हजार ८४ मत खसेकोमा मतगणना अन्तिम चरणमा पुग्न लाग्दा विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर