गाउँ आएको बाटो मार्फत एक दशक पछि निर्देशनमा फर्किए निर्देशक नबीन सुब्बा — OSNepal

गाउँ आएको बाटो मार्फत एक दशक पछि निर्देशनमा फर्किए निर्देशक नबीन सुब्बा

LC (KTM) November 23, 2021 0

गाउँको जिवनलाई थपक्कै टिपेर पर्दामा उर्तान सक्ने खुबी भएका निर्देशक नवीन सुब्बा एक दशक पछि निर्देशनमा फर्कने भएका छन् । चलचित्र ‘नुमाफुङ’का निर्देशक समेत रहेका सुब्बा नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ मार्फत फेरी निर्देशनमा आउने भएका हुन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको थियो ।

एक दशक पछि चलचित्र निर्देशनमा फर्किएको बताउँदै उनले चलचित्र भयंकर राम्रो बनाउन नसके पनि राम्रो भने बनाउने दाबी गरेका छन् । उनले आफु फिल्मको कथावस्तु संग सन्तुष्ट रहेको बताए । यस फिल्मलाई नेपालका र बिदेशमा बसेका केही नेपालीहरुले लगानी गरेका छन्

पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने यस चलचित्रको छायाँकन भने अमेरिकाका छाँयाकार मार्किन कापरोनले गर्ने पत्रकार सम्मेलनमा सुब्बाले बताए । चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर