काठमाडौं ८ मंसिर । बसको ठक्करबाट एक किशोरको ज्यान गएको छ । कपिलवस्तुको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका ति किशोरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा जिल्लाको शिवराज नगरपालिका १ मा बस्ने १८ वर्षीय सन्तोष मगर लरहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका ति किशोरको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।