पुर्व अर्थमन्त्रीहरुको सुझाव : संसदको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा काम चलाउन बजेट ल्याए पुग्छ — OSNepal

पुर्व अर्थमन्त्रीहरुको सुझाव : संसदको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा काम चलाउन बजेट ल्याए पुग्छ

LC (KTM) May 27, 2021 0

काठमाडौं १३ जेठ पुर्व अर्थमन्त्रीहरूले काम चलाउन मात्र बजेट ल्याउन सुझाव दिएका छन् । संसद विघटन भएको यो अवस्थामा पुर्ण बजेट ल्याउन नमिल्ने भन्दै पुर्व अर्थमन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । आज बसेको पुर्व अर्थमन्त्रीहरुको बैठकले विश्वव्यापी मान्यता र प्रचलन बमोजिम पनि संसदको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने निष्कर्ष निकालेको हो ।

बैठकमा पूर्वअर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनी, डा। रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे तथा वर्षमान पुन सहभागी रहेको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।देश कोभिड–१९ को महामारीले आतंकित भएको समयमा बजेटले कोरोनाविरुद्धको खोपलार्य पहिलो प्राथमिकता दिनुपर्ने मन्त्री पुर्व अर्थमन्त्रीहरुको तर्क रहेको छ । संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु पर्ने मा भने एक मत रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर