OSNepal बिहिबार, मंसिर २३ २०७८

प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्ध राम्रो बनाउने अमेरिकाको रणनिती, नेपाललाई पनि दिए राष्ट्रपति बाइडेनले निम्तो

प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्ध राम्रो बनाउने अमेरिकाको रणनिती, नेपाललाई पनि दिए राष्ट्रपति बाइडेनले निम्तो

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्ध राम्रो बनाउने अमेरिकाको रणनिती, नेपाललाई पनि दिए राष्ट्रपति बाइडेनले निम्तो
Reading Time: < 1 minute

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेको हो ।आजको गोरखापत्र दैनिकमा सचार छ ।

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन । बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड