मोरङ ९ मंसिर । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतम रहेका छन् ।
जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर गरिदिएपछि उ ि फरार रहेका थिए । फरार रहेका उनलाई मंगलबार ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।