भारतमा पछिल्लो २४ घण्टामा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या — OSNepal

भारतमा पछिल्लो २४ घण्टामा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

LC (KTM) May 10, 2021 0

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ । पछिल्लो २४४ घण्टामा भारतमा ३७ सय ४८ जनाले ज्यान गुमाएका छन् ।यो सँगै ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार १४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर