प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्धा सभामुखकै पहलमा ठोक्नु पर्‍यो — OSNepal

प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्धा सभामुखकै पहलमा ठोक्नु पर्‍यो

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सभामुख अग्‍निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओली विरुद्ध अवहेलना सम्बन्धि मुद्दा लगाउनु
पर्ने बताएका छन् । पटक -पटक संसद विघटन गरेका प्रधानमन्त्रीलाई चेताउन पनि यो काम सभामुखले गर्नुपर्ने संविधानविद् तथा कानुनविद्हरूसँग गरेको छलफलमा विडारीले भनेका हुन् ।

प्रधानमन्त्रीलाई अवहेलना मुद्धा लगाउनु ठुलै काम भएपनि गनैपर्छ भन्ने नेता विडारीको तर्क रहेको छ ।यसअघि विघटन भयो । अदालतले पुनःस्थापना गरिदियो अब प्रधानमनत्री ओलीलाई चेताउन पनि मुद्धा हाल्नै पर्छ । उनले भने, ‘पटक–पटक विघटन गरेको छ । पटक-पटक संविधान र व्यवस्थाविरुद्ध काम गरेको छ । प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्‍दा सभामुखकै पहलमा ठोक्नु पर्‍यो। अनि अर्कोपटक विघटन गर्न हुँदैन भन्ने चेत आउँथ्‍यो कि  ? यो ठूलै काम छ । गाह्रै काम छ । तर गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर