OSNepal आइतबार, मंसिर १२ २०७८

एमालेको झण्डा अब बाँदरको हातमा पुग्छ – अध्यक्ष नेपाल

एमालेको झण्डा अब बाँदरको हातमा पुग्छ – अध्यक्ष नेपाल

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


एमालेको झण्डा अब बाँदरको हातमा पुग्छ –  अध्यक्ष नेपाल
Reading Time: < 1 minute

सुर्खेत, ९ मंसिर-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् ।

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् ।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १०औं महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु,’ उनले भने,‘एमाले एउटा प्राइभेट कम्पनी हो । त्यससँग कुनै पनि हालतमा एकता हुन्न ।’

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड