ईलाम पुगेकी यी चर्चित कोरियोग्राफर रिनाशा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित — OSNepal

ईलाम पुगेकी यी चर्चित कोरियोग्राफर रिनाशा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

LC (KTM) November 25, 2021 0

अहिले चलिरहेको कांग्रेसको महाधिबेशनमा चर्चित पत्रकार देखी लिएर कलाकार समेत चुनावी दौडमा रहेका छन् । कतिपय त पाखा नै लागे भने केहीको चुनावी परिक्षाको घडी सुरु हुनै लागेको छ । यसैक्रममा चर्चित कोरियोग्राफर तथा निर्देशक समेत रहेकी रिनाशा वान्तवा पनि कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा होमिएकी थिईन् ।

उनै रिनाशाले भने पराजय भोग्न पुगिन् । इलामको चुलाचुली पुर्ख्यौली घर भएकी रिनाशाले क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव लडेकी थिईन् । केही दिन अघि पुख्र्याैली घरमा बिताएकी उनले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन्।

तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो। रिनाशाले भने अन्य उम्मेद्धार मध्ये सबैभन्दा कम मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर