एमाले महाधिवेशनमा शुभकामना मन्तव्य दिन केपीले प्रचण्डलाई बोलाएका थिए तर प्रचण्डले टेरेनन् — OSNepal

एमाले महाधिवेशनमा शुभकामना मन्तव्य दिन केपीले प्रचण्डलाई बोलाएका थिए तर प्रचण्डले टेरेनन्

LC (KTM) November 26, 2021 0

चितवन, १० मंसिर । एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर