राखेपको बोर्ड सदस्यमा ८ जना नियुक्त — OSNepal

राखेपको बोर्ड सदस्यमा ८ जना नियुक्त

LC (KTM) November 26, 2021 0

राष्ट्रिय खेलकुद परिषद् राखेपमा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त भएका छन् । नयाँ बोर्ड सदस्यलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नियुक्त गरेका हुन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमा मनोनित भएका ९ जना बोर्ड सदस्यलाई मन्त्री गहतराजले मंसिर ३ गते पदमुक्त गर्ने निर्णय गरेका थिए ।

उनले माओवादी केन्द्रमा आबद्ध खेलकर्मीलाई समेट्दै ८ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् । परिषद् अध्यक्षको हैसियतमा उनले बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई नियुक्त गरेका छन् । उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरि बर्दियाका दिपेन्द्र विष्ट र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुने गरि मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनित गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरिएको छ । खेलकुद संघको सिफारिसमा अझै एक महिला लाई मनोनित गर्न बाँकि रहेको छ । आजै मनोनित भएका पदाधिकारीहरुलाई पनि बिहानै गोपनियताको सपथ खुवाइएकेो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर