ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवारी दिएका रावलले महाधिवेशनस्थलमा पुगेर सुरु गरे प्रतिनिधिहरुसँग मत माग्न — OSNepal

ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवारी दिएका रावलले महाधिवेशनस्थलमा पुगेर सुरु गरे प्रतिनिधिहरुसँग मत माग्न

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द शत्र सौराहमा सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै आएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवार दिएका नेता भीम रावलले भने महाधिवेशनस्थलमा पुगेर प्रतिनिधिहरुसँग मत माग्न सुरु गरिसकेका छन् ।

रावलले अध्यक्षमा उम्मेदवार दिएपछि ओलीले भने उनलाई वरिष्ठ अध्यक्ष दिने प्रस्ताव पठाएका थिए । तथापी, उनले ओलीको प्रस्ताव अस्विकार गर्दै आफु ओलीसँगै नै अध्यक्षपदमा लड्ने बताएका हुन् ।

नेता रावललको कारण अब अध्यक्षदेखि सबै पदमा निर्वाचन हुने सम्भावना बढेको छ । किनभने हिजो राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या बढाउने निर्णय गर्नुको साथै सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्नको लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो ।

तर, रावल ब्याक नहुने अडान लिएपछि निवार्चन हुने अवस्थामा आउने भएकोम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर