काठमाडौं जिल्ला सभापतिको लागि बानियाँ र कार्कीले गरे प्यालसहित उम्मेदवारी दर्ता,कसको पक्षमा को को ? — OSNepal

काठमाडौं जिल्ला सभापतिको लागि बानियाँ र कार्कीले गरे प्यालसहित उम्मेदवारी दर्ता,कसको पक्षमा को को ?

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिका लागि इतर पक्षबाट कृष्ण बानियाँ (सबुज) र स्थापन पक्षबाट उपेन्द्र कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली काँग्रेसको कार्यालय कालोपुलमा शनिबार बिहान बानियाँ र कार्कीले प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन ।

दोस्रो पटक जिल्ला सभापतिमा दोहोरिने दाउमा रहेका बानियाँको प्यानलबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरू गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा,सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, कार्कीको प्यानलबाट उपसभापतिमा धर्मराज अर्याल, रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी, सागर रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधान रहेका छन् ।

भोली आइतबार बिहान ८ बजे जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा हुने भएको छ सोही दिन अर्थात आइतबार नै दिउँसोबाट मतदान हुन पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर