माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा छ : मन्त्री भुसाल — OSNepal

माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा छ : मन्त्री भुसाल

LC (KTM) November 27, 2021 0

ललितपुर ११ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताएकी छिन् । दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।

उनले भनिन्, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।” २१आँै शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उनको भनाइ थियो । वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर