बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो — OSNepal

बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो

LC (KTM) November 27, 2021 0

चितवन, ११ मंसिर एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर