प्रवासी नेपालीहरुले गरे अग्नीपिडित परिवारलाई सहयोग — OSNepal

प्रवासी नेपालीहरुले गरे अग्नीपिडित परिवारलाई सहयोग

LC (KTM) November 27, 2021 0

नृपेन्द्र बहादुर मल्ल/ मुगु मंसिर ११ – “जे गर,जे भन,जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हा”े भन्ने गित झै मुगुका अग्नी पिडित परिवारको पिडामा मलम लगाउन सात समुद्र पारी रहेका नेपाली मन भएका प्रवासी नेपालीहरुबाट सहयोग प्राप्त भएको छ । नेपाली काँग्रेसको प्रवासी संगठन अष्टेलिया जनसम्पर्क समितीले मुगुमा गत कात्र्तिक २९ गते भएको आगलागीबाट पिडित परिवारको सहयोगार्थ त्यहाँ रहेका मनकारी नेपालीहरुबाट आर्थिक सहयोग जुटाई पठाएको रकम शुक्रबार पिडित परिवारलाई वितरण गरिएको थियो ।

नेपाली काँगे्रस मुगुका निवर्तमान सचिव गजेन्द्र बहादुर मल्लको अनुरोधमा जनसम्पर्क समितीका अध्यक्ष ईथान शाक्यले अष्टेलियामा अग्नी पिडितका लागी नेपाली ४ लाख २० हजार सहयोग जुटाउनु भएको र यो कार्यमा अष्टेलियामा रहेका मनकारी नेपाली दाजुभाई,दिदि वहिनीहरुले सक्दो आर्थिक सहयोग गरेको निवर्तमान सचिव मल्लले बताउनु भयो ।

जनसम्पर्क समितीले पठाएको सहयोग शुक्रबार अग्नी पिडित परिवारलाई वितरण गरिएको छ । अग्नी पिडित घरधनी,व्यवसायी र घर भाडामा बसेका परिवारलाई नेपाली काँगे्रसका नेता एवं पुर्वमन्त्री हस्तबहादुर मल्ल,नेपाली काँगे्रस मुगु पाटी सभापती ऐन बहादुर शाही र प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले सदरमुकाम गमगढी स्थित कालिकामालिका मन्दिरको प्राङ्गगणमा हस्तान्तरण गर्नुभयो ।

हस्तान्तररित सहयोगमा घरधनीलाई प्रति घर ५ हजार,व्यवसायीलाई प्रति परिवार ३ हजार र घरवहालबाला प्रति परिवारलाई २ हजारका दरले नगदै रकम हस्तान्तरण गरिएकोे थियो ।सहयोग रकम हस्तान्तरण गर्नुहुदै पुर्व मन्त्री मल्लले भन्नुभयो मानवताको नाता र मनकारी मनलाई दुरी र सम्पती, केहिले छेक्दैन यसको जोलन्त उदाहरण अष्टेलियामा रहेका मनकारी नेपालीले सात समुद्र पारी रहेपनि हाम्रा मुगाली अग्नी पिडितलाई मलम लगाउनु गर्नु भएको सहयोग हो ।

उहाँले भन्नुभयो सात समुद्र पारिबाट सहयोग आईपुग्दासम्म नेपाल मै रहेका हामी सम्पतीका धनकारीहरुले सहयोग दिन सकिरहेका छैनौ,मनकारी नभएको त्यो धन के काम,आङ्गमा लगाएको एक सरो लुगा बचेका अग्नी पिडत परिवारका लागी स्थानिय,प्रदेश सरकार र देश विदेशका केहि मनकारी संघ स्था,व्यक्तिहरुले सक्दो सहयोग गरिरहदा देशको अभिभावक संघिय सरकार भने केहि नबोली मुकदर्शक बनेको पुर्व मन्त्री मल्लले गुनासो गर्नु भयो ।

अग्नी पिडित परिवार मध्यबाट बोल्दै पिडित छिरिङ्ग लामाले भन्नुभयो विभिन्न निकायबाट प्राप्त भएको सहयोग राख्ने ठाँउ र पकाउने चुलो नहुदा आफुहरु समस्या हुने गरेको छ , लत्ताकपडा,भाडाकुडा खाद्य वस्तु विभिन्न निकायबाट सहयोग प्राप्त भैरहेकै छ यो हिउदमा चिसोबाट बच्न र शिर लुकाउन जलेका घरहरु पुर्ननिमार्णका लागी प्रदेश र संघिय सरकारले सहयोग गरि दिओस र व्यवसायीले गरेका ऋण र अब लिने ऋणमा अग्नी पिडितलाई व्याज र किस्तामा सहुलियत छुट गरिदेओस उहाँले माग गर्नुभयो ।

हालसम्म अग्नी पिडित परिवारलाई मुगु उद्योग बाणिज्य संघ,छायाँनाथ बचत तथा ऋण सहकारी सस्था,नेपाल रेडक्रस,पेश नेपाल,सांसद जिपछिरिङ्ग लामा,सिदार्थ गौतम नेशनल बोडिङ्ग स्कुलका विद्यार्थी,युएमएन मुगु,हामो्र नेपाल टिम,हिरिसडेक मुगु,कणाली प्रदेश सरकार,छायाँनाथ रारा नगरपालिकाले विभिन्न सहयोग गरेका छन ।

असोज २९ गते राती १२ बजे मुगु जिल्ला सदरमुकामको तल्लो बजारमा आगलागी हुदा २१ घर, ६० जना व्यवसायी र घाडामा बस्नेहरुको करिव ३५ करोड बढीको भौतिक सम्पती खरानी भएको जिल्ला प्रशासक कार्यालयको रेकडले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर