अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा — OSNepal

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा

LC (KTM) May 10, 2021 0

तनहुँ- तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । व्यास–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि नगरपालिका पठाइएकामा प्रतिट्र्याक्टर रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ । त्यस्तै व्यास–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई पनि नगरपालिकाले रु आठ हजार जरिवाना गरेको छ । व्यास–७ दुलेपानीस्थित झोलुङ्गे पुलमाथि अवैधरूपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ६४९१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई कारवाहीका लागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर