माओवादी नेता नारायणकाजी श्रेष्ठ आज महोत्तरी आउँदै — OSNepal

माओवादी नेता नारायणकाजी श्रेष्ठ आज महोत्तरी आउँदै

LC (KTM) November 30, 2021 0

महोत्तरी, १४ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ आज मंगलबार महाेत्तरी आउँदैछन् । माओवादी केन्द्र रामगोपालपुरको पालिका अधिवेशनका लागि उनी यहाँ आउन लागेका हुन् ।

महोत्तरीका १५ पालिकामध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेकाे छ । १३८ वडामध्ये १३० वडामा अधिवेशन भइसकेकाे छ ।

बाँकी वडा र पालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने प्रयास भइरहेको माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुंगानाले जानकारी दिए ।

नेता श्रेष्ठ कतिपय पालिका अधिवेशनकाे बन्दसत्रमा समेत सहभागी हुने कार्याक्रम छ । जलेश्वर नगरपालिकामा आज हुने अधिवेशनमासमेत नेता श्रेष्ठ सहभागी हुने माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले बताए ।

२० मंसिरभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य माओवादी केन्द्र महोत्तरीले लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर