संवैधानिक जटिलता आउने भन्दै एमालेको सहभागी विना नै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै — OSNepal

संवैधानिक जटिलता आउने भन्दै एमालेको सहभागी विना नै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले आज दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी विना नै विश्वासको मत लिने भएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुत्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार शाहीले आज विश्वासको मत लिने भएका हुन् ।

एमाले भने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको लागि चितवनमा हुँदा बैठकमा सहभागी नहुने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिएका छन् । शाहीललाई पाँच दलको समर्थन रहेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर