राप्रपाका अध्यक्ष लोहनीद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका लिङदेनलाई समर्थन — OSNepal

राप्रपाका अध्यक्ष लोहनीद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका लिङदेनलाई समर्थन

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी महाधिवशेनको नयाँ नेतृत्वको लागि राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् ।

आज मंगलबार पत्रकार सम्मेलन गर्दै लोहनीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका लिङदेनलाई समर्थन गर्ने घाषणा गर्ने भएका हुन् । सोमबार मात्र वर्तमान अध्यक्ष कमल थापाले अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्दै अझ चार वर्ष नेतृत्व गर्न दिनुपर्ने भन्दै लिङदेनलाई चुप लागेर बस्न आग्रह गरेका थिए ।

कमल थापा, पशुपतिशमशेर जबरा र डा लोहनी अध्यक्ष रहेको राप्रपाको मंसिर १५ देखि १७ गते सम्म हुने भएको छ । हाल सम्म अन्य दुई अध्यक्ष जबरा र लोहनीले भने उम्मेदवार दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर