आउँदो निवार्चनमा दुई तिहाइ बहुमत ल्याएर एमालेले न्यायालयमा देखिएको अप्ठ्यारो परिस्थितिलाई अन्त्य गर्छ : शेरबहादुर तामाङ — OSNepal

आउँदो निवार्चनमा दुई तिहाइ बहुमत ल्याएर एमालेले न्यायालयमा देखिएको अप्ठ्यारो परिस्थितिलाई अन्त्य गर्छ : शेरबहादुर तामाङ

LC (KTM) November 30, 2021 0

चितवन १४ मंसिर । नेकपा एमालेका केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले आउँदो निवार्चनमा दुई तिहाइ बहुमत ल्याएर देखाउने दावी गरेका छन् । चितवनको सौराहमा आज मंगलबार भएको पत्रकार सम्मेलनमा तामाङले बहुमत ल्याएर न्यायालय क्षेत्रको विकृति अन्त्य गर्ने बताएका हुन् ।

न्यायालयमा आज देखिइरहेको बबण्डर, अप्ठ्यारो परिस्थिति छ यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाइ मत ल्यानुपर्छ । उलले भने ।

दुई तिहाइसहित सरकारमा फर्किने अगुवाई केपी ओली ले नै गर्ने बताएका उनले दावीका साथ भनेका छन्, ‘सिटामोल खुवाएर न्यायालयको अहिलेको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन । त्यहाँभित्र धेरै ठूला क्रोनिक खालका समस्याहरू छन् । त्यो क्रोनिक समस्या समाधान गर्न ठूलैअप्रेसन जरुरी छ । त्यो अप्रेसनको लागि एमालेको दुई तिहाइ जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर