आफ्नो स्पीड रकेट जस्तो भएपनि कर्मचारी थोत्रा ट्वीनटरजस्तो छ : मन्त्री आले — OSNepal

आफ्नो स्पीड रकेट जस्तो भएपनि कर्मचारी थोत्रा ट्वीनटरजस्तो छ : मन्त्री आले

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आफ्नो स्पीड रकेट जस्तो भएपनि कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको टिप्पणी गरेका छन् ।

आज बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका आलेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको भन्दै मन्त्री आलेले गुनसो गरेका छन् ।

‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ '  मन्त्री आलेले भने ।

पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको बताएका उनले एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर