पूजा र आँचलको अहिले सम्मकै दमदार अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक — OSNepal

पूजा र आँचलको अहिले सम्मकै दमदार अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

LC (KTM) May 10, 2021 0

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर