राति १२ बजेदेखि लागू हुने गरी कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य — OSNepal

राति १२ बजेदेखि लागू हुने गरी कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार दुई वटा बैठक बसेर नवौं अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयद्धारा विज्ञप्ति जारी गरि जानकारी गराइएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि अधिवेशन बोलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर