बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते — OSNepal

बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

LC (KTM) December 02, 2021 0

हेफेई, १६ मङ्सिर, =पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।(रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर