OSNepal शनिबार, माघ ८ २०७८

बैतडीको तारलमा जीप दुर्घटना

बैतडीको तारलमा जीप दुर्घटना

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


बैतडीको तारलमा  जीप दुर्घटना
Reading Time: < 1 minute

महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ तारलमा दुर्घटनामा परेको से.१ ज. २२६ नम्बरको जीप । दुर्घटनामा १० जना घाइते भएका छन् । तस्वीरः विनोदसिंह विष्ट, रासस

कांग्रेसको स्वास्थ्य समितिलाई पूर्णता-नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठित ‘स्वास्थ्य समिति’ लाई आज पूर्णता दिएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको गत कात्तिक २८ गतेको बैठकले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा सो समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, मङ्गलप्रसाद थारु, विष्णुविक्रम थापा, डा टि.एन. योगी सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यलयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

यसैगरी समितिको सदस्यमा डा. लोचन कार्की, डा बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा अञ्जनीकुमार झा, डा केदारनरसिंह केसी, डा भूपेन्द्रकुमार बस्नेत, डा सुरेन्द्र देउवा, डा मनबहादुर केसी, डा शिव श्रेष्ठ, डा अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल, जानकी केसी, रामचन्द्र अधिकारी, रमिला चौलागार्इं, रामजी पन्त (मुकेश), पासाङनुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर), राजीवजङ्ग बस्नेत, रोशनी केसी र डा दीपेन्द्र पराजुली सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड