डान्सिङ गीत ‘झुम्कावाली’ मा पूजा र आकाशको छमछमी — OSNepal

डान्सिङ गीत ‘झुम्कावाली’ मा पूजा र आकाशको छमछमी

LC (KTM) December 04, 2021 0

गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीकोे शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ ।
डान्सिङ नम्बरकोे यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडियोेलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियोेमा सुबोल थापाको कोरियोेग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर