अस्पतालबाट डिस्चार्ज गरिएकी बृद्धालाई घर लैजान सवारी नपाएपछि छोरीले सलले बाँधेर मोटरसाइकलमा नै घर लगिन् — OSNepal

अस्पतालबाट डिस्चार्ज गरिएकी बृद्धालाई घर लैजान सवारी नपाएपछि छोरीले सलले बाँधेर मोटरसाइकलमा नै घर लगिन्

LC (KTM) May 10, 2021 0

काठमाडौँ । कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न रोक लगाइएपछि दैनिक ज्यालादारी गरेर गुजारा टार्नेहरू र अनौपचारिक क्षेत्रका श्रमिकहरू आम्दानी नहुँदा यतिबेला महामारीसँगै भोकमरीमा पर्ने डरमा छन् ।

निषेधाज्ञाका कारण बिरामी, बृद्ध र असहायहरुको जनजीवन प्रभावित बनेको छ । यतिसम्मकी शनिबार राजधानीको माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकी एक बृद्धलाई भैँसेपाटीस्थित डेरामा लैजानका लागि सवारी नहुँदा उनलाई उनकै छोरीले मोटरसाइकलमा सलले बाँधेर लैजानु परेको दृश्य देखियो । अस्पतालबाट निस्किँदा पनि सवारी नपाउँदा आमाछोरी निकै तनावमा थिए । हेर्नुहोस् यि दृश्यहरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर