बाल्टिमोरमा अराजक अस्वेत व्यक्तिको गो लीबाट प्रतिभावान बिधार्थी सागर घिमिरेको निधन, १० दिन मात्र अगाडी स्नातक तहमा दिक्षान्त समारोह सकी बाल्टिमोर आएका थिए । — OSNepal

बाल्टिमोरमा अराजक अस्वेत व्यक्तिको गो लीबाट प्रतिभावान बिधार्थी सागर घिमिरेको निधन, १० दिन मात्र अगाडी स्नातक तहमा दिक्षान्त समारोह सकी बाल्टिमोर आएका थिए ।

LC (KTM) May 10, 2021 0

विजय थापा । डिसी महानगर क्षेत्र । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा कूल ४ जना  मृत्यु हुने मध्येका एक नेपालीको पहिचान भएको छ । उनको नाम पारिवारिक तथा नेपाली समुदायका अनुसार अन्दाजी २४-२५ बर्षका सागर घिमिरे भएको पुष्टि भएको छ ।

उनका नजिकका आफन्तका अनुसार उनि निकै प्रतिभावान,होनहार र महाबिद्यालयका स्वर्ण पदक प्राप्त बिद्यार्थी समेत रहेको बुझिएको छ । उक्त घटना बाल्टिमोर कै उप नगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करिव ६:३० मा भएको थियो भने उक्त स्थान बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा रहेको छ । स्व घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरुलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी गराए पछि घटनास्थलमा ६:४० बिहान पुगेका थिए । प्रहरीहरु त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ बर्षिय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको निधन भएको थियो ।

घरमा आगो लागे पछि बाहिर भाग्ने बित्तिकै उक्त उदण्ड व्यक्ति ब्राउनले घिमिरेलाई गोली र अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगवस अधिकारी बचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ । अन्दाजी २६ बर्ष भएका नेपाली सर्लाही घर भएको बुझिएको छ भने उनि न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन् ।

उनको यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर (२२ ग्रीनी स्ट्रीटमा )उपचार भैरहेको र अवस्था खतरा मुक्त भएको र भरखरै माहवाणिज्य दुत प्रेमराजा महतले भेट्नु भएको र राजदुत डा युवराज खतिवाडा पनि नियमित सम्पर्कमा रहनु भएको कुरा प्रवासी नेपाली मन्च अमेरिकाको अध्यक्ष प्रभु थापाले बताए ।

नेपाली बिद्यार्थी घिमिरेलाई गोली हानी ह त्या गर्ने र अधिकारीलाई घाइते बनाउने बन्दुकधारी ब्राउन उटपट्याङ्ग,आ क्रामक ,अ राजक र अशा न्त भएको छिमेकीले प्रहरीहरुलाई गुनासो समेत गरेका थिए ।बन्दुकधारी सहित मृ त्यु हुनेहरुमा ,नेपाली बिधार्थी घिमिरे ,२ स्पानेली मध्ये १ महिलाको पनि मृ त्यु भएको थियो भने हाल सम्म प्रहरीले अन्यको नाम सार्वजनिक गरेको छैन ।

गोली लागि नि धन भएका घिमिरे बाल्टिमोर क्षेत्रमै बसोबास गर्दै आएका पूर्वेली मौलिक नेपाली भाकाका अनुसन्धानकर्ता तथा वरिष्ठ लोक गायक नविन कुमार खड्काका नजिकका आफन्त हुन् । खडकाका अनुसार स्व घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक सकेर दुई-तीन महिना बाल्टिमोर मै काम गरेर खर्च जुटाएर नेपालमै जाने लक्ष्य रहेको उनले बताए । उनि आफ्नो साथीले लिएको भाडाको घरमा केवल ८-१० दिन मात्र अगाडी स्नातक तहमा दिक्षान्त समारोह सकी बाल्टिमोर आएका थिए ।

खडकाका अनुसार स्व घिमिरेका आमाको करिव ३ बर्ष अगाडी मुटुको रोग ले मृत्यु भै सकेको र बुवा पूर्व शिक्षक पेशाबाटै निवृतिभरण प्राप्त भै सकेको जानकारी दिए । साथै स्व घिमिरेको एक दिदी काठमाडौँ को नर्भिक अस्पतालमा स्वास्थ्य परिचारिका(स्टाफ नर्स )हुन् भने स्व घिम्रेका एक दाजु मात्र रहेको खड्काले बताए ।

स्व घिमिरे को नेपाल घर संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी हुन् भने पिता विक्रम घिमिरेका पुत्र हुन् । स्व घिमिरेका काका कप्तान घिमिरे क्यालिफोर्नियामा बसोबास गर्ने भएकोले भोली भतिजाको कामको लागि बाल्टिमोर आउने भएका छन् । खडकाका अनुसार मृतकका बुवा साइलो हुन् भने कप्तान घिमिरे काइलो काका हुन् ।

अहिले सम्म बाल्टिमोर काउन्टी प्रहरीले शव दिएको छैन भने अनुसन्धान चलि रहेको छ । स्व घिमिरेले साउथ क्यारोलाइनाको बिश्वबिद्यालयबाट स्नातक गरे पछि उनले थुप्रै जनालाई कृतज्ञता ज्ञापन गरेका छन् ।

उनले युथ एसिया भने संस्थामा काम गरेको उल्लेख गरेका छन् । उनले काठमाडौँ जोरपाटी आरुबारीको अरुण ज्योति बिद्या मन्दिरमा अध्ययन साथै खादबारी तुम्लिङ्गटारको मनकामना उच्च माध्यमिक बिद्यालयबाट जीव बिज्ञान र भौतिक बिज्ञान अध्ययन गरेका थिए ।

छात्रवृतिबाट नेपालबाट अमेरिका पढन आएको र नेपाल फर्कने योजनामा बाटो खर्च निकाल्न दुई तीन महिना बाल्टिमोरमा काम गरेर फर्कने योजना बनाएको १० दिनमा ज्यान गुमाउनु पर्यो । उनि साउथ क्यारोलाइनाका कोलम्बियामा बसोबास गर्ने भनि सामाजिक संजालमा उनले उल्लेख गरेका छन् । उनले अप्रिल २५ का दिन बिसेष कल्पना मिश्रा एक अनुकरणीय व्यक्ति भन्दै प्रशंसा गर्नुको साथै आफ्ना मातापिता र कुमार घिमिरे दाई लाई बिशेष धन्यबाद दिएका छन् । तपाईहरुको बिना सर्तको माया र समर्थन बिना यो सम्भव थिएन भनि भाबुक शव्दहरु प्रयोग गरेका छन्

घटना भए देखि बाल्टिमोरको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)का अध्यक्ष सुबोध विलास पन्त तथा महा सचिव किरण ढकाल घटनास्थलमा पुगेका थिए भने अझ पनि ठूलो भूमिका निर्वाह गरि रहेका छन् । पन्त र ढकालका अन्तिम संस्कार र अन्य कार्य गर्न सम्भवत गो फन्ड पनि खोल्न सकिने सम्भावना रहेको बताए ।

यता प्रवासी नेपाली एकता मन्च अमेरिकाका सभापति प्रभु थापाले स्व घिमिरेका आफन्त र परिवारका नजिकका मानिसहरुसंग समन्वय गरि रहेका छन् । अध्यक्ष पन्तका अनुसार एक नेपालीको घर पुरै धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताए । बन्दुकधारी संदिग्धले अन्य नेपालीहरु पनि खेदेको र भागेर ज्या न बचाएका थिए । प्रहरीको गोली लागि मृत्यु भएका ब्राउन छर छिमेकलाई बर्षौ देखि धम्कि दिने र सडकमा मानिस हिड्दा चिच्याउने गर्थे भनि अन्तर्वार्ता समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर