जाम्बिया पनि देखियो तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन — OSNepal

जाम्बिया पनि देखियो तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

LC (KTM) December 05, 2021 0

कोरोनाको नयाँ भेरियन्टले अहिले बिश्वलाई फेरि त्रासको अवस्था सिर्जना गराई दिएको छ । नयाँ भेरियन्ट ओमिक्रोन लाई लिएर बिश्व स्वास्थ्य संगठनले समेत चेतावनी जारी गरिसकेको अवस्थामा जाम्बियामा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।

यसको जानकारी जाम्बियाको स्वास्थ्य मन्त्रालयले दिएको छ । जाम्बियामा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको अलजजीरामा समाचारले जनाएको छ । नयाँ भेरियन्ट देखिने तीनै जना ब्यक्ति हालै विदेश भ्रमण गरेर फर्किएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जाम्बियामा ओमिक्रोन भाइरस भेटिएको यो पहिलो पटक हो । गत हप्ता उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अर्का एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । दक्षिण अफ्रिकामा गत नोभेम्बर पहिलो साताबाट यो नयाँ भेरियन्ट फैलिएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अहिले बिश्वका ४० मुलुकमा फैलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर