रचना रिमाल र रञ्जन राईको स्वर रहेको ‘चोखो माया’ सार्वजनिक — OSNepal

रचना रिमाल र रञ्जन राईको स्वर रहेको ‘चोखो माया’ सार्वजनिक

LC (KTM) December 05, 2021 0

मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याउनुभएको छ ।

अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत दिनुभएको हो । गीतमा विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको छ ।

अमेरिकामा छायाङ्कन गरिएको गीतमा अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर गरिरहनुभएकी विष्णु मिश्र र मोडल लम्सालबीचको ‘अन्स्क्रिन रोमान्स’ प्रस्तुत गरिएको छ । शैलेश घलेले छायाङ्कन गर्नुभएको दृश्यलाई विष्णु खड्काले सम्पादन गर्नुभएको हो । विक्की पुलामीको निर्देशनमा दृश्य सामग्री तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर