यि मनकारी पति जसले पत्निका प्रेमीसँग पत्निको विबाह गरिदिए, फिल्ममा जस्तो दृश्य वास्तविक जीवनमा पनि देखियो — OSNepal

यि मनकारी पति जसले पत्निका प्रेमीसँग पत्निको विबाह गरिदिए, फिल्ममा जस्तो दृश्य वास्तविक जीवनमा पनि देखियो

LC (KTM) May 28, 2021 0

काठमाडौँ । फिल्ममा हिरोले प्रेमीकाको अन्त विबाह भएको र पछि मिलन भएको दृश्य देखिन्छ । वास्तविक जीवनमा भने असम्भव जस्तो यो दृश्य भारतको विहारमा देखिएको छ । जहाँ एक महिलाका पतिले आफ्नी पत्निको विबाह उनका प्रेमीसँग गराइदिएर त्यागी पति बनेर उदाहरणीय काम गरेका छन् । विहारको छपरा नगरका एक पुरुषले आफ्नी पत्निको धुमधामले प्रेमीसँग विबाह गरिदिन्छन् । अन्य विबाहमा जस्तो मानिसहरुको घुइचो नै लाग्छ ।

विबाहमा गएका धेरैलाई थाहा हुँदैन की यो विबाहमा एक पतिले आफ्नी पत्निको उनका प्रेमीसँग विबाह गरिदिँदैछन् भन्ने कुरा । जब उपस्थित पाहुनाले थाहा पाउँछन् त्यतिबेला सबै चकित पर्छन् । विबाह सम्पन्न भइसकेपति ति बेहुलीले आफ्ना पूर्व पतिलाई गम्भिर आरोप लगाएसँगै कथाले अर्कै मोड लिन्छ । उनले आफ्ना पतिले आफुलाई कु ट पि ट गरेको समेत आरोप लगाउन पछि पर्दिनन् । समाचारमा जनाइएअनुसार उनका एक सन्तान पनि छन् । जो पहिलो पतिसँगै राख्ने सर्तमा विबाह गरिउको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर