नर्विच सिटीमाथि टोटेनहमको शानदार जित — OSNepal

नर्विच सिटीमाथि टोटेनहमको शानदार जित

LC (KTM) December 05, 2021 0

प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित निकालेको छ । टोटेनहमले नर्विच सिटीमाथि ३–० शानदार जित निकालेको हो । टोटेनहमको लागि खेलको १० औ मिनेटमा लुकासले गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

६७औँ मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ७७औँ मिनेटमा सनले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए । टोटेनहम आजको यो जितसँगै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लन सफल भएको छ । १४ खेल खेलेको टोेटेनहमले अहिले सम्म २५ अङ्क जोडेको छ । पराजित नर्विच सिटीको १५ खेलबाट १० अङ्क छ । नर्विच तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर