आतंकबादी रहेको भन्दै म्यानमारका सेनाले गाउँ छिरेर १३ जनाको गरे हत्या, गाउँले रिसले चुर — OSNepal

आतंकबादी रहेको भन्दै म्यानमारका सेनाले गाउँ छिरेर १३ जनाको गरे हत्या, गाउँले रिसले चुर

LC (KTM) December 05, 2021 0

म्यानमारको सीमाक्षेत्रमा सेनाको आक्रमणमा परि १३ जनाले ज्यान गुमाएका छन् । मोन जिल्लाको एक दुर्गम ओटिङ गाउँमा शनिबार राति आतंकवादीको आरोपमा सेनाले आक्रमण गर्दा उनीहरु मारिएका हुन् । सेनाले गाउँ पसेर १३ जना मारिदिए पछि गाउँलेहरू सेना माथि नै खनिएका थिए । उनीहरुले सेनाको गाडी नै जलाइदिएका थिए ।

सेनाले भने बिश्वासिलो सुचनाकै आधारमा विद्रोहीहरूलाई लक्षित गर्दै गरिएको विशेष अपरेसनमा उनीहरू मारिएको दाबी गरेको छ । आज सेनाले विज्ञप्ति नै निकालेर यस्तो दाबी गरेको हो । घटनाबारे उच्चस्तरीय छानबिन गरिने प्रहरीले जनाएको छ । साथै मृतकहरूप्रति गहिरो दुख व्यक्त गरेको छ । नागाल्याण्ड प्रहरी अधिकृत सन्दीप एम तांगादेका अनुसार अहिले सिंगो मोन जिल्लाको अवस्था तनाबग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर