किम्फमा २८ देशका ६० बढी चलचित्र प्रर्दशन गरिदै — OSNepal

किम्फमा २८ देशका ६० बढी चलचित्र प्रर्दशन गरिदै

LC (KTM) December 05, 2021 0

मंशिर २३ गते देखी काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ २०२१ सुरु हुने भएको छ । किम्फको १९औँ संस्करण हुन लागेको जानकारी पत्रकार सम्मेलन मार्फत दिइएको थियो । यसपटकको किम्फ जलबायू परिवर्तनको मुद्धा संग जोडिएको छ । त्यस्तै आजै किम्फको नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

जलवायु कर्म’ थिमसहित किम्फको १९औँ संस्करण हुन लागेको जानकारी दिइएको हो । किम्फ मंसिर २३ गतेदेखि २७ गतेसम्म आयोजना हुने छ ।

किम्फ महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, एनिमेसन र सर्ट फिल्महरु प्रदर्शन गरिने छन् । यस वर्षको फिल्म महोत्सवमा विभिन्न २८ देशका गरी ६० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर