एक रातको चर्को मूल्य तिरेर मालदीवको होटलमा बिदा मनाउँदै प्रेमी अर्जुनसंग मलाइका — OSNepal

एक रातको चर्को मूल्य तिरेर मालदीवको होटलमा बिदा मनाउँदै प्रेमी अर्जुनसंग मलाइका

LC (KTM) December 06, 2021 0

बलिउडकी सुपर सेक्सी नायिका मलाइका अरोडा र अर्जुन कपुरको रोमान्स सबैलाई थाहा हुदै आएको बिषय हो । आफु भन्दा निक्कै कम उमेरका नायक अर्जुन संग यतिबेला मालदिवमा मलाइका रोमान्स गरिरहेकी छिन् । उनीहरुले मालदीवको एकदमै भरपुर उपयोग गरिरहेका छन् । दुबै जनाले फ्यानहरुका लागि सामाजिक सञ्जाल मार्फत फोटोहरु शेयर गरिरहेका छन् ।

उनीहरु मालदीवको एक लग्जरियस होटलमा एक अर्का संग क्वालिटी टाइम स्पेण्ड गरिरहेका छन् । मलाइका तथा अर्जुन मालदीवको जुन रिर्साेटमा बसिरहेका छन् सबै सुबिधा सम्पन्न एक महंगो रिर्साेट रहेको छ । यो रिर्साेट एकदमै महंगो छ जबकि एक रातको नै ३ लाख ५८ हजार रुपैया तिर्नु पर्छ ।

यस रिसोर्टमा वाटरस्पोर्टस, टेनिस, आउटडोर सिनेमा,कैंफायर तथा यो पैबिलियन जस्ता सुबिधाहरु रहेका छन् । यी दुबै जोडी पटीना मालदीव रिसोर्ट, फारी आइल्याण्डमा आफ्नो छुट्टी बिताई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर