एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार बानियाँ भन्छन् 'काम र अनुभवका आधारमा निर्वाचन जित्नेमा विश्वस्त छु' — OSNepal

एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार बानियाँ भन्छन् ‘काम र अनुभवका आधारमा निर्वाचन जित्नेमा विश्वस्त छु’

LC (KTM) May 10, 2021 0

यतिबेला (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचनको चर्चा सर्वत्र छ । यही मेसोमा २०२१- २०२३ कार्यकालमा उपाध्यक्ष पदका लागि पूर्ण चन्द्र बानियाँ पनि चुनावी मैदानमा छन् । नेपालको राजधानी काठमाण्डौको रमणीय स्थान किर्तिपुर क्षेत्र चम्पदेवीमा जन्मनुभएका पूर्ण चन्द्र बानियाँ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ – २०२३ कार्यकालमा उपाध्यक्ष पदका लागि उम्मेदवार हुन् ।

चर्चित अमृत साइन्स कलेजबात आइएससी र त्रिचन्द्र कलेजबात बिएससी गरेपछि शंकरदेव क्याम्पसबाट एमबिए र अमेरिका बाट ःक्ष्क् मा मास्टर डिग्री पुरा गर्नु भएका बानिया। कलेज जीवन देखि नेपाल बिधार्थी संघको राजनीतिमा रहनु भएका बानियाँले नेपाल ट्रेड युनियन कांगेसको केन्द्रिय सदस्य सम्मको जिम्मेवारी पुरा गरेका छन् ।

१९९८ मा अमेरिकाको वाशिंगटन स्टेटको सियाटल, कोलोराडो स्टेट हुँदै क्यालिफोर्निया पुगेका बानियाँले तिनै स्टेटमा कजेल अध्ययन गरे । अन्तमा क्यालिफोर्नियाको डेभिसमा पड्दै गर्दा हाल सम्म सोहि स्थानमा बस्दै आएका छन् । उसो त नेपाली जनसम्पर्क समिति अमेरिकामा पनि सक्रिय बानियाँ राजनीतिमा पनि बराबरी छन् ।

२००९ मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्यता लिएका उनले २०१५-२०१७ मा क्यालिफोर्निया राज्य च्याप्टरको अध्यक्षको जिम्मेवारी लिए । त्यसपछि एनआरएनए एनसीसीमा सक्रिय बानियाँ २०१७ र २०१९ को निर्वाचनमा पनि पर्तिस्पर्धि थिए । २०१७ मा एनआरएनए आइसीसीको उज्यालो नेपालको टास्कफोर्समा सहसंयोजक भएर पनि काम गरिसकेको अनुभव उनीसँग छ । अबको बाँकी समय सामाजिक काममा मात्र बिताउने अठोट बोकेका बानियाँले यो पटक एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवार हुने निर्णय गर्दै आफ्नो काम र अनुभवका आधारमा निर्वाचन जित्नेमा विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर