विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अवस्था निकै जटिल — OSNepal

विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अवस्था निकै जटिल

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । केहि दिन अगाडी कोरोना संक्रमण भएका विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको छ ।पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जाल मार्फत नेता थापाको स्थिति बारे जानकारी गराएका हुन् ।

अहिले थापालाई टोखाको ग्रान्डी अस्पतालबाट मेडिसिटी अस्पतालमा लगिएको बुझिएको छ । डाक्टरले बताएा अनुसार थापाको फेक्सोमा समस्या भएकाले उनको इक्मो प्रविधिबाट उपचार गर्नुपर्ने भएको छ जसको लागि २५ -३० लाख लाग्ने चिकित्सको भनाई रहेको छ । यो जटिल अवस्थामा गर्ने उपचार विधि हो । पार्टीका संयोजक नेता पाण्डेले फेसबुक मार्फत आर्थिक सहयोगको लागि समेत अपिल गरेका छन् ।

उनले लेखेका छन्,

हामी सबैको धेरै धेरै माया, हामी सबैको धेरै धेरै प्रार्थना हजुरसङ छ Ujwal Thapa दाइ।
तपाईँको नेतृत्व हामीलाई खाँचो छ। देशलाई खाँचो छ।
छिट्टै निको हुनुहोला।
***
केही दिन अघि उज्वल दाइलाई कोरोना भाइरसको संक्रमण भयो। उहाँको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछी ग्रान्डी अस्पताल रेफर गरिएको थियो र शुक्रवार (ज्येष्ठ १४ – आज) उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ।
अहिले उहाँको अवस्था निकै जटिल रहेको छ। हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ। अहिले हामीलाई सँबै भन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ।
उज्वल दाइको स्वस्थ्य उपचारको लागी आर्थिक सहयोग गर्नको लागी परिवारको अनुमतिमा निम्न प्रक्रियाबाट सहयोगको अपिल गरिएको छ।
संकलित सम्पूर्ण अर्थको हिसाब किताब पारदर्शी हिसाबले सार्वजनिक गर्नेछौं।
नेपाल बाहिरबाट सहयोग गर्न-
नेपालबाटै सहयोग गर्न-
१) A/C Holder Name: AALOK SUBEDI
Account Number: 1940105065400001
Bank Name: Kumari Bank Ltd.
Branch: Maitidevi
Or
२) Khalti: 9810276473
Or
३) Esewa: 9810276473
May be an image of 1 person

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर