नेटवर्क प्रालिका कर्मचारी १९ वर्षीय सागरको करेन्ट लागेर ज्यान गयो — OSNepal

नेटवर्क प्रालिका कर्मचारी १९ वर्षीय सागरको करेन्ट लागेर ज्यान गयो

LC (KTM) December 06, 2021 0

नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ज्ञवाली तनहुँको दुलेगाँैडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर