सोमबार बढेको अमेरिकी डलरको मूल्य आज पनि बढ्यो , हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

सोमबार बढेको अमेरिकी डलरको मूल्य आज पनि बढ्यो , हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) December 07, 2021 0

काठमाडौं -नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको थियो । यसै गरी युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६१ पैसा र बिक्री दर १६० रुपैयाँ ४० पैसा कायम छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६० पैसा र बिक्री दर ८५ रुपैयाँ ०२ पैसा छ ।कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर