हजुरबा उमेरका ७७ वर्षका वयोवृद्धसँग प्रेमिमा छिन् यी २० वर्षीया युवती — OSNepal

हजुरबा उमेरका ७७ वर्षका वयोवृद्धसँग प्रेमिमा छिन् यी २० वर्षीया युवती

LC (KTM) December 07, 2021 0

काठमाडौँ । हजुरबा उमेरका ७७ वर्षका वयोवृद्धसँग प्रेमिमा छिन् २० वर्षीया युवती । यो रोचक खबर हो बेलायत र म्यानमारका एक प्रेमिल जोडीको । म्यानमारकी २० वर्षकी जो र बेलायतका जोका प्रेमी७७ वर्षीय डेभिड पेशाले एक संगीतकर्मी हुन् ।

आँफुलाई कहिल्यै बुढा नठान्ने ७७ वर्षका डेभिड रोमान्टिक व्यक्ति हुन् । ५० वर्ष कम उमेरकी केटीसँगै सम्बन्ध राख्न चाहने डेभिडले जोलाई डेटिङ साइटमा फेला पारेका हुन् ।

म्यानमारमा बस्ने जोले आफ्नो पढाईमा आर्थिक सहयोग गर्ने डोनरको खोजी गरिरहेका बेला डेबिडले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । लामो समयपछिको अनलाइन संगतपछि यि दुईले एक अर्कालाई प्रेम गर्न थालेका छन् । उनीहरू दुवैजना म्यानमारको आन्तरिक अवस्था र कोभिडका कारण एक अर्काबाट टाढा रहेता पनि छिट्टै भेट्ने क्रममा रहेका छन् ।

जोले डेबिडलाई भेट्नका लागि पासपोर्ट बनाउने प्रक्रिया सुरु गरिसकेकी छिन् । डेभिडलाई भेट्न बेलायत पुगे लगत्तै जोले उनीसँग विबाह गर्ने यउोजना समेत सुनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर