भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रावतसहित १४ जना सवार हेलिकप्टर दुर्घटना, चार जनाको शव बरामद — OSNepal

भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रावतसहित १४ जना सवार हेलिकप्टर दुर्घटना, चार जनाको शव बरामद

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । भारतमा उच्च सैनिक अधिकारी चढेको एमआई(१७ भी ५ हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी सवार रहेका थिए ।

हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको बताइएको छ । १४ जना सवार उक्त विमानमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

अहिले सम्म चार जनाको शव बरामद भइसकेको जानकारी प्राप्त भएको छ । तिन जनालाई अस्पताल भर्ना गरिएको छ । भारतीय समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन ।

अस्पताल भर्ना गरिएकोमा सेना प्रमुख रावत पनि रहेको बताइएको छ । उनको अवस्था भने गम्भिर रहेको छ ।

गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर