भिन्नमत भएका व्यक्तिहरुलाई जोड्न सक्ने क्षमता भएका कारण देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय — OSNepal

भिन्नमत भएका व्यक्तिहरुलाई जोड्न सक्ने क्षमता भएका कारण देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा समुहको बैठक आज बुधबार देउवा निवास बुढानिलकण्ठमा बसेको हो ।

संस्थापन पक्षबाट १४ औं महाधिवेशनको लागि सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा।प्रकाशशरण महतले जानकारी दिएका छन् । सहमतिमा सभापति चयन गर्न बसेको बैठकले पुन एक पटक देउवालाई चयन गरेको छ ।

देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने बैठकमा सहभागी सबै सदस्यहरुको भनाइ रहेको महतले बताएका छन् ।

साथै पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको र केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बस्ने उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर