सुदुपश्चिम प्रदेश: एमालेका तिन मन्त्रीले राजीनामा दिएलगत्तै, थप नयाँ पाँच मन्त्री नियुक्त — OSNepal

सुदुपश्चिम प्रदेश: एमालेका तिन मन्त्रीले राजीनामा दिएलगत्तै, थप नयाँ पाँच मन्त्री नियुक्त

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ । सुदुपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । प्रदेश सरकारमा सहभागी भएका नेकपा एमालेका तिनै जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिए लगत्तै थप पाँच मन्त्री नियुक्त भएका छन् ।

जसमा संसदीय दलका नेता प्रकाशबहादुर शाह भने मन्त्रीमा दोहोरिएका छन् । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ ग्रहण गराएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर