नेपाल समुह पुग्यो सिंहदरबारको संसद् सचिवालय — OSNepal

नेपाल समुह पुग्यो सिंहदरबारको संसद् सचिवालय

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । नेकपा एमालेको माधव नेपाल समुहको स्थायी कमिटिको बैठक सकिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको २४ घण्टाको अल्टिमेटम सकिएपछि नेपाल सुमह यतिबेला सिंहदरबार पुगेको छ ।

स्थायी कमिटिको बैठक सकिए लगत्तै प्रधानमन्त्री समेत रहेका ओलीलाई थप चुनौती दिन अहिले नेपाल समुहका सांसदहरु सिंहदरबारको संसद् सचिवालयमा पुगेका हुन् । आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएकाले मत लिनु भन्दा अगाडी नै नेपाल समुहले थप कदम चाल्ने बुझिएको छ ।

आफ्ना माग पुरा नगरेको भन्दै सामुहिक राजीनामा दिने भन्दै आएको नेपाल समुहको पनि आज अन्तिम दिन हो राजीनामा दिने या नदिने भनेर । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन योजना बनाएको नेपाल समुहले राजीनामा दिन्छ या ओलीलाई धम्कीमात्र दिएको हो यो भने महत्वको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर