मोटो रकमसहित पाँच जुवाडे पक्राउ — OSNepal

मोटो रकमसहित पाँच जुवाडे पक्राउ

LC (KTM) December 09, 2021 0

नवलपरासी )पूर्व) २३ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । देवचुली नगरपालिका-१४ साहारा चोक बस्ने ४४ वर्षीय सुरेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुचनाको आधारमा उक्त स्थान पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व०बाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास बरामत गरेको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर