एसईई र कक्षा १२ को परिक्षा स्थगित — OSNepal

एसईई र कक्षा १२ को परिक्षा स्थगित

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । जेठ १३ बाट एसईई र २६ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको हो ।

अब अर्को सुचना नआएसम्म दुवै परिक्षा स्थगित हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाएका छन् । कोभिड १९ को संक्रमण दिनप्रति बढेको सरकारले परिक्षा सञ्चालन नगर्नु भनेको भन्दै परिक्षा स्थगित गरिएको छ । अध्यक्ष पौडेलले भने ,’सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहेन, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं’ । एसईईको लागि प्रश्नपत्र समेत तयार पारिएको अवस्थामा कोरोना नियन्त्रण बाहिर गएकाले गत वर्ष झैँ यस वर्ष पनि परिक्षा स्थगित भएको छ ।

करिब ५ लाख १७ हजार विद्यार्थीले दिने एसईई परिक्षाको लागि २ हजार १९ परिक्षा केन्द्र सञ्चालन गर्न नसकिने पनि आजको बैठकले निष्कर्ष निकालेको छ । त्यस्तै , करिब ४ लाख विद्यार्थीले दिने कक्षा १२ को परिक्षा सुरु हुन एक महिना बाँकी रहेपनि संक्रमण बढेकाले परिक्षा हुने या नहुनेमा अन्योलन नै छ । प्राय: सबै जिल्ला बन्द हुँदा पठनपठन ठप्प छ । आजको बैठकले परिक्ष कसरी सञ्चालन गर्ने भनेर ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर