पिताको अभिब्यक्तिले सलमान परे अफ्ठ्यारोमा , सलमानले खुट्टै ढोगे पनि फिल्म रिभ्यु गर्न नछोड्ने समिक्षक के आरके को धम्कि — OSNepal

पिताको अभिब्यक्तिले सलमान परे अफ्ठ्यारोमा , सलमानले खुट्टै ढोगे पनि फिल्म रिभ्यु गर्न नछोड्ने समिक्षक के आरके को धम्कि

LC (KTM) May 28, 2021 0

सलमान खानका पिता सलिम खानले आफ्नो छोराको फिल्म राधे खासै राम्रो नरहेको टिप्पणी गरेको २४ घण्टा पनि नबित्दै बलिउडका फिल्म समिक्षक कमाल राशिद खान के आरके ले सलमानलाई च्यालेन्ज गरेका छन् ।

उनले सलमानको फिल्मको अब देखी कहिले पनि समिक्षा नगर्ने भनि आफैले घोषणा गरेका थिए तर अहिले आएर फिल्मको समिक्षा गर्न नछोड्ने बताएका छन् ।

सलमान खानको फिल्म राधेको टिमले केही दिनअघि फिल्म समीक्षक कमाल राशिद खान केआरके विरुद्द मानहानिको मुद्दा दर्ता गरेको थियो। उनले ट्वीटरमार्फत सलमानले हात जोडेर बिन्ती गरेपनि वा खुट्टा छोए पनि उनको फिल्मको रिभ्यू गर्न नछाड्ने जानकारी दिएका छन्।

उनले केही बलिउडकर्मीको नाम तोकेरै यो पटक उनीहरूले गलत मान्छेसँग निहुँ खोजेको बताएका छन् । सलमानको टिमले भने मुद्दा हाल्नुको कारण फिल्म समीक्षा नभइ बेग्लै भएको बताएको छ।

उनको टिमले केआरके ले सलमान खानलाई भ्रष्ट्र र उनको कम्पनीलाई ठगीको आरोप लगाएका दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर